तनहुँमा पासोमा पर्यो चितुवा, अहिलेसम्म सात चितुवा नियन्त्रणमा

तनहुँ। बन्दीपुर गाउँपालिका-३ शेराटारमा आज बिहान एउटा चितुवा खोरमा परेको छ।

चितुवाको आतंक बढेपछि तनहुँमा डिभिजन वन कार्यालयले नै गाउँलेको सहयोगमा पासो थाप्दै आएका छन्।

बाख्रासहितको खोरमा परेर नियन्त्रणमा लिइएको चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालय तनहुँले ल्याएको डिभिजन वन प्रमुख केदार बरालले बताए।

“खोरमा परेको चितुवा दमौली ल्याउँदैछौं, यसलाई कहाँ लैजाने भन्नेबारेमा छलफल हुँदैछ”, बरालले भने।

तनहुँका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने क्रम बढेपछि डिभिजन वन कार्यालय तनहुँले काठको खोर थापेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी सात चितुवा पासोमा परेको थियो।

२० महीनाको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्