८० किलो गाँजासहित मकवानपुरमा एक महिला पक्राउ
हेटौंडा। प्रहरीले मकवानपुरमा घरमा लुकाएर राखेको ८० किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत इलाका प्रहरी कार्यालय मनहरीको टोलीले मनहरी गाउँपालिका-६ की फुलमाया तामाङ्गले घरको कोठामा लुकाएर राखेको गाँजा बरामद गरेको हो।

गएराति प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरीको टोलीले महिलालाई पक्राउ गरेको छ।

उनलाई हिरासतमा राखेर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान र कावाही प्रक्रिया थालिएको मकवानपुर प्रहरीले जनाएको छ।

उक्त ऐन अन्तर्गत दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्