काठमाडौं। नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस हराएको भन्दै बेलायतको स्थानीय प्रहरीले सूचना प्रकाशन गरेको छ।
उनलाई अन्तिमपटक २४ वैशाख बिहान साढे १० बजे बेन्टली क्षेत्रमा दगुर्दै गरेको देखिएको थियो।
ह्याम्पशायर प्रहरीले आफूहरूले ५२ वर्षीय मोरिसको खोजी गरिरहेको र उनलाई भेट्टाएमा खबर गर्न भनेको छ।
गोरो, करीब ६ फिट अग्लो तथा खैरो कपाल र दाह्री भएको, अनुहारमा जन्मजात दाग भएको व्यक्तिको रूपमा उनको शारिरीक बनोटबारे प्रहरीले उल्लेख गरेको छ।
उनको परिवारसमेत निकै चिन्तित रहेको प्रहरीले जनाएको छ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतको रूपमा काठमाडौं बसेका थिए।
" /> काठमाडौं। नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस हराएको भन्दै बेलायतको स्थानीय प्रहरीले सूचना प्रकाशन गरेको छ।उनलाई अन्तिमपटक २४ वैशाख बिहान साढे १० बजे बेन्टली क्षेत्रमा दगुर्दै गरेको देखिएको थियो।

">