कोभिड-१९ बाट ताप्लेजुङ मौवाखोलाका पूर्वगोर्खा सैनिकको बेलायतमा मृत्यु
काठमाडौं। कोभिड-१९ बाट एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ।
ताप्लेजुङ मौवाखोला स्थायी घर भएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारको क्रममा हिजो, २७ वैशाखमा मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।
राई तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए।
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ। रासस
प्रतिक्रिया दिनुहोस्