काठमाडौं। कोभिड-१९ को महामारी नभइदिएको भए काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले फुटबलमा इतिहासकै महत्वपूर्ण तीन अन्तर्राष्ट्रिय खेल खेलिसकेको हुनेथियो। तर, महामारीका कारण सबै खेल अनिश्चितकालका लागि स्थगित भएका छन्। त्यसको असर दशरथ रंगशालामा नपर्ने कुरै भएन।
महामारी फैलिनुअघि दशरथ रंगशाला विश्वकप छनोट चरणअन्तर्गत् अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनलाई आतिथ्य गर्ने तयारीमा जुटेको थियो नेपाल। तर महामारीले त्यो तयारीलाई प्रभावित गर्यो।
शुरू भएको केही दिनमै राष्ट्रिय टोलीको अभ्यास स्थगित भयो। सँगसँगै दशरथ रंगशालाको तयारी पनि रोकियो। तर, त्यो स्थगन एक हप्ताको मात्र भयो। सम्पूर्ण खेल क्षेत्र ठप्प भए पनि दशरथ रंगशाला शान्त भएन। अझ भनौं, अहिले दशरथ रंगशाला शान्त छैन।
लकडाउन घोषणापछि एक साताका लागि रोकिएको तयारीको प्रक्रिया तुरुन्तै शुरू भयो। त्यहीकारण मैदानविज्ञ दीलिप रजकको दैनिकी अहिले त्रिपुरेश्वरमा व्यस्त छ।
रंगशालाको मैदानमा हरियाली जोगाउन दिनहुँ काम भइरहेको छ। रजक र उनका सहकर्मी पनि त्यसैमा जुटेका छन्। पक्कै पनि पहिलेभन्दा अहिले श्रमिकको संख्या कम छ। तर, ६, ७ जना कामदार रंगशाला मैदानको घाँस जोगाउन खटिरहेका छन्, निरन्तर।

रंगशाला बाहिरको दुनियाँले उनीहरूलाई कुनै प्रभाव पारेको छैन। आफ्नो कर्ममा व्यस्त छन्।
‘‘लकडाउन शुरू भएपछि हामीले पनि यहाँको काम स्थगित गरेका थियौं। तर, २५ चैतमा मैदान हेर्न रंगशाला आउँदा एकदमै नाजुक अवस्था देख्यौं। त्यसैले २६ चैतबाट हामीले पुनः काम शुरू गर्यौं। जुन अहिले पनि जारी छ,’’ पुर्व फिफा रेफ्री तथा ग्राउण्ड इन्चार्ज रजकले भने।
लकडाउन घोषणा हुने बेलामा नेपालले फिफा विश्वकप २०२२ एसियाली छनोटको दोस्रो चरणमा १३ चैतमा चाइनिज ताइपेई र त्यसको पाँच दिन पछाडि १८ चैतमा अस्ट्रेलियाविरुद्ध होम गेम खेल्दै थियो।
त्यस्तै २२ जेठमा जोर्डनलाई आतिथ्य प्रदान गर्ने तालिका थियो। त्यसैको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै मैदानमा मर्मत थालेको थियो।
‘‘३ फागुनमा लिग समापन भयो। ४ गतेबाटै हामीले यो मैदानको मर्मत गर्ने काम शुरू गरेका थियौं। चपरी हाल्ने, केमिकल हाल्ने, मल हाल्ने, माटो छर्ने, भिटामिन हाल्ने काम गरेर चैतको ७, ८ गतेसम्म हामी लगभग तयार अवस्थामा पुगिसकेका थियौं,’’ रजकले भने, ‘‘तर, कोरोना महामारी आइपुगेपछि सबै खेल नहुने भयो। त्यसपछि बीचमा केही समय काम रोकियो।’’
नेपाली खेलाडीका लागि दशरथ रंगशाला मन्दिर जस्तै हो। फुटबल खेलाडीका लागि यसको महत्व अझै विशेष छ। फुटबलमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला निर्विकल्प हो। त्यसैले पनि भर्खरै करिअर शुरू गर्ने खेलाडीका लागि दशरथ रंगशालामा खेल्ने सपना हुन्छ।

भूकम्पका कारण रंगशालामा क्षति पुगेपछि राष्ट्रिय टीमकै खेलाडीले पनि दशरथ रंगशालाको माहोल खुबै ‘मिस’ गरेका थिए। भूकम्पका कारण पाँच वर्ष सुनसान बनेको रंगशालामा गत मंसीरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितासँगै माहोल परिवर्तन भएको थियो।
प्रतियोगिताको उद्घाटन र समापन समारोह होस् या नेपाली फुटबल टीमले खेल्दा, रंगशालाका सिट खाली भएनन्।
यसपाली शहीद स्मारक ए डिभिजन लिगका खेल पनि भूकम्पपछि पहिलो पटक रंगशालामा भए। तर पुरानो माहोल यसपालीको लिगमा बन्न सकेन। दिनहुँजसो दुई खेल हुने तथा वर्षाका कारण लिग हुँदा रंगशालाको मैदानमा घाँस देख्नै गाह्रो भएको थियो।
अव्यवस्थित र अपरिपक्व तरिकाले गरिएकाले लिगले दर्शकलाई रंगशालासम्म डोर्याउन सकेन। दक्षिण एशियाली खेलकुदको फाइनलपछि यिनै अन्तर्राष्ट्रिय खेलबाट दशरथ रंगशालाको स्वाभाविक माहोल फर्किने आशा थियो। त्यो आशामा कोभिड-१९ को तुसारो लागिदियो।
‘‘सागको समापन समारोह, भिजिट नेपाल २०२० को उद्घाटन जस्ता कार्यक्रम यही मैदानमा हुँदा मैदानको घाँस गइसकेको थियो। लगत्तै लिग शुरू भयो। राम्रोसँग घाँस नहुदै दिनहुँ खेल गर्दा घाँस सबै मरिसकेको थियो। त्यसकारण लिगमा मैदानको अवस्था नाजुक थियो,’’ रजकले भने, ‘‘लिग हेर्ने दर्शक अहिले आउनुभयो भने चकित पर्नुहुनेछ। हामी दर्शक र खेलाडीलाई यो मैदानमा स्वागत गर्न आतुर छौं।’’
मैदान तयारीका लागि खटिएका व्यक्तिहरूबीच कोरोना भाइरसको संक्रमण फैलिन नदिन कस्तो उपाय अपनाइएको छ त ?
‘‘हामीले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरेका छौं। कामदारहरूले मास्क, पञ्जा प्रयोग गरेका छन्,’’ रजक भन्छन्, ‘‘धेरै जना पनि काममा लगाएका पनि छैनौं। थोरै कामदार छन्। उनीहरू पनि दुरी कायम गरेर काम गर्छन्। स्वास्थ्यको मामलामा सजगता अपनाएका छौं।’’
लामो समय खेल नहुनुका साथै नियमित स्याहारसुसार गरेका कारण रंगशालाको मैदानमा हरियालीको कुनै कमी छैन।

कुनै कुनै ठाँउमा दुबोबाहेक केही अनावश्यक घाँस उम्रिएको छ। त्यसलाई हटाएर दुबो रोप्ने काम भइरहेको छ। हप्तामा तीन चार खेल मात्र गराउने हो भने यो अवस्थालाई कायम राख्न सकिने रजकको दाबी छ।
‘‘ग्राउण्ड अहिले एकदम राम्रो अवस्थामा छ। सबैतिर दुबो छ। त्यसलाई स्याहार सम्भार गरिरहेका छौं। अब लेबलिङको काम मात्र बाँकी छ। अहिलेको स्थितीमा हप्ताको तीन चार म्याच खेल्दा यो घाँस जादैन,’’ रजकले थपे, ‘‘अहिले यो मैदानको कामबाट एकदम सन्तुष्ट छु। यो मैदानमा अस्ट्रेलिया जस्तो टीमलाई स्वागत गरेर गेम खेलाउन पाएको भए कति आनन्द लाग्थ्यो होला !’’
" /> काठमाडौं। कोभिड-१९ को महामारी नभइदिएको भए काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले फुटबलमा इतिहासकै महत्वपूर्ण तीन अन्तर्राष्ट्रिय खेल खेलिसकेको हुनेथियो। तर, महामारीका कारण सबै खेल अनिश्चितकालका लागि स्थगित भएका छन्। त्यसको असर दशरथ रंगशालामा नपर्ने कुरै भएन।महामारी फैलिनुअघि दशरथ रंगशाला विश्वकप छनोट चरणअन्तर्गत् अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनलाई आतिथ्य गर्ने तयारीमा जुटेको थियो नेपाल। तर महामारीले त्यो तयारीलाई प्रभावित गर्यो।

">