संक्रमण देखिएका क्षेत्रमा आजसम्‍म थप पाँच हजार बढीको नमूना संकलन <p>काठमाडौं। कोरोना संक्रमणका हिसाबले जोखिमपूर्ण देखिएका ठाउँहरूबाट कोभिड-१९ परीक्षणका लागि आजसम्&zwj;म पाँच हजार ३०० थ्रोट स्वाब नमूना संकलन गरिँदैछ।</p> <p>कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी) को संयोजनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोली तीन दिनदेखि नमूना संकलन कार्यमा परिचालन भएका छन्।</p> <p>सो टोलीले प्रदेश १ को उदयपुर, प्रदेश २ को बारा, पर्सा र रौतहट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, प्रदेश ५ को नवलपरासी पश्&zwj;चिम, अर्घाखाँची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियाबाट नमूना संकलन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।</p> <p>हिजोसम्म देशैभर पीसीआर विधिबाट १६ हजार ३०९ जना र आरडीटी किट विधिबाट ५५ हजार ९३० जनाको नमूना परीक्षण भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्