काठमाडौं। नेपाल बार एशोसिएसनले नेपालका सीमा नाका जोडिएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अभिभाज्य, अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग जोडदार माग गरेको छ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हिजो भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीसम्मको ३७२ वर्गकिलोमिटर भूभागमा ७८ किलोमिटर लामो सडक भिडिओमार्फत् औपचारिकरूपमा उद्घाटन गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त माग गरेको हो।
“नेपाली भूभाग अतिक्रमण गरी यत्रो निर्माण कार्य गर्दा सम्बन्धित अधिकारीसमेत बेखबर रहनु झनै उदेकलाग्दो छ”, विज्ञप्तिमा भनिएको छ, “सार्वभौमसत्ता सम्पन्न नेपालको भूमिमा अन्तर्राष्ट्रिय कानूनविपरीत अतिक्रमण गर्ने भारत सरकारको यस्तो कार्य अत्यन्तै निन्दनीय र खेदजनक छ।”
बारले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न कूटनीतिकलगायत जुनसुकै उपयुक्त कदम चाल्न नेपाल सरकारसँग माग गर्दै खुला सिमानालाई व्यवस्थित गरी सामरिक महत्वका स्थानमा सुरक्षा एकाइ खडा गरी सीमा सुरक्षालाई विशेष ध्यान दिनसमेत अनुरोध गरेको छ। रासस