वाटफोर्ड पनि तटस्थ मैदानको विपक्षमा

काठमाडौं। कोभिड-१९ का कारण स्थगित भएको इङ्लिस प्रिमियर लिग पुनः शुरू गर्दा तटस्थ मैदानमा खेलाउने प्रस्तावलाई वाटफोर्डले पनि विरोध गरेको छ।

यसअघि ब्राइटन र एस्टन भिल्लाले पनि उक्त प्रस्तावको विरोध गरेका थिए।

क्लबका अध्यक्ष तथा कार्यकारी प्रमुख स्कट डक्सबरीले तटस्थ मैदानमा खेल्दा त्यसले निष्पक्षता र खेलकुदको अखण्डतामा सम्झाैता हुने बताउँँछन्।

यससँगै सोमबार हुने प्रिमियर लिग क्लबहरूको बैठकमा तटस्थ मैदानमा खेल्ने/नखेल्ने विषयमा मतदान गर्ने योजना नरहेको बुझ्न सकिन्छ।

मतदान मेबाट खेल शुरू गर्ने/नगर्नेबारे हुने सम्भावना छ। २० मध्ये १४ क्लबले मतदान गरे मात्र प्रस्ताव पारित हुनेछ।

तीन क्लबले सार्वजनिकरूपमा एकै स्वर गरेका छन्। त्यसका कारण तटस्थ मैदानको विषयमा सबैको धारणा एउटै भएको जस्तो देखिन्छ।

‘‘वर्तमान अवस्थाका कारण रंगशालामा दर्शक नहुने कुरा स्वीकार गर्न सकिन्छ,’’ डक्सबरीले भनेका छन्, ‘‘तर वाटफोर्ड जस्तो सानो क्लबले घरेलु मैदानमा खेल्न नपाउने हो भने त्यसले पक्कै पनि लिगको अखण्डतालाई कायम गर्दैन।’’

कोभिड-१९ महामारीका कारण १३ मार्चबाट स्थगित भएको प्रिमियर लिग जुनमा पुनः शुरू गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्