लिपुलेकबारे दबाब दिन युवाहरूले पठाए परराष्ट्रमन्त्रीलाई एसएमएस

काठमाडौं। भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक सञ्चालनमा ल्याएको छ।

उक्त सडक सञ्चालनमा ल्याइएपछि युवाहरूले मोबाइल एसएमएसमार्फत् परराष्ट्रमन्त्रीलाई दबाब दिन थालेका छन्।

राष्ट्रभक्त युवा सञ्जालका युवाहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एसएमएसमार्फत् दबाब दिन थालेका हुन्।

भारतले २६ वैशाखमा धार्चुला-लिपुलेक सडकको उद्घाटन गरेको घटनाप्रति आपत्ति जनाउँदै युवाहरूले यसबारे भारतसँग कुरा गर्न दबाब दिँदै एसएमएस गर्न थालेका हुन्।

सीमा विवाद हुँदा सडकमा उत्रिएर आन्दोलन थाल्ने युवाहरू यतिबेला लकडाउनका कारण रचनात्मक दबाब दिइएको सञ्जालका अभियन्ता नरेश सिंह धामीले जानकारी दिए।

एसएमएसमा भनिएकाे छ, ‘हामीले कुटि, नाभी, गुञ्जी र कालापानी गुमायौँ, चुप बस्नुभयो। अब लिपुलेक गुमाउँदा पनि चुप लागेर नै बस्नुहुन्छ ? ’

यसअघि पनि यही समूहमा आबद्ध युवाहरूले सुदूरपश्चिममा कोरोना परीक्षण प्रयोगशाला निर्माण गर्नुपर्ने भन्दै सुदूरपश्चिमका मुख्यमन्त्रीदेखि संघीय तथा प्रदेश सांसदहरूलाई पनि दबाब दिन एसएमएस पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्