दिल्लीमा भोकभोकै सुतेका एक नेपालीको मृत्यु

कैलाली। भारतको दिल्लीमा भोकभोकै सुतेका एक नेपालीको मृत्यु भएको छ।

तीन दिनदेखि भोकै भएका कैलालीको धनगढी उपमहानगरपालिकाका एकजना युवकको मृत्यु भएको हो ।

दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा सवारी चालकको रूपका कार्यरत उनी राति भोकभोकै सुतेका र आज बिहान मृत अवस्थामा फेला परेको बताइएको छ।

उनको नाम रवी हो भनिए पनि थप खुलेको छैन।

युवकको मृत्यु भएकोबारे दिल्लीस्थित् नेपाली दूतावासलाई जानकारी गराइसकिएको त्यहाँ रहेका महादेव भट्टले बताए।

“मजदुरीका लागि भारतमा रहेका धेरै नेपालीहरू भोकभोकै छन्, सहयोग गर्नुस् भनेर भनेर पटकपटक नेपाली दूतावासमा जानकारी गरायाैँ तर, कुनै सुनुवाइ भएन”, भट्टले भने।

प्रतिक्रिया दिनुहोस्