दिवेशलाई अमेरिकन आइडलमा जिताउन नेपालमा प्रचार
काठमाडौं। अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल ‘आर्थर गन’ टप १० मा छन्। अडिशनदेखि नै चर्चामा रहेका दिवेशले दिनप्रतिदिन आफ्नो प्रस्तुती बलियो बनाउँदै लगेका छन्।
पहिलो पटक उनले ३६ मिलियन अर्थात् ३ करोड ६० लाख भोट पाएका थिए। अब उनलाई टप ७ मा प्रवेश गराउनका लागि नेपालमा प्रचार शुरु गरिएको छ। आज बिहान कलंकी क्षेत्रमा भोटको अपिल गर्दै उनकै ९३ वर्षीया हजुरआमा सडकमा उत्रिएकी छन्।
काठमाडौंका स्थायी बासिन्दा रहेका दिवेशलाई अमेरिकन आइडलको यो सिजनको उपाधि दिलाउन उनको परिवार र टोलबासी प्रचारमा लागेका हुन्।
दिवेशकी फूपू मञ्जु पोखरेलले दिवेशलाई भोट गरेर नेपाल र नेपालीको समेत नाम उच्च राखिदिन सबैमा अनुरोध गरेकी छन्। आफ्नो परिवारले सोचेभन्दा राम्रो गर्दै गएको उनको प्रतिक्रिया छ ।
दिवेशलाई नेपालबाट औपचारिक रूपमा भोट गर्न मिल्दैन। तर भीपीएनको मद्दतबाट उनलाई भोट गर्न सकिन्छ।
अब भोलि २८ वैशाखमा प्रतियोगिताको टप ७ छानिनेछन् भने आगामी १७ मेमा अमेरिकन आइडल घोषणा गरिनेछ।
प्रतिक्रिया दिनुहोस्