अन्जु पन्त फाउन्डेसनद्वारा खाना वितरण
<p>काठमाडौं। चर्चित गायिका अन्जु पन्तको नाममा खोलिएको परोपकारी संस्था हो, अन्जु पन्त फाउन्डेसन। जसले सामाजिक कार्य गर्दै आएको छ। पर्सामा गरिब तथा असहायका लागि घर निर्माण गर्नेदेखि लिएर विपन्‍न बालबालिका लागि शिक्षादीक्षासम्मको काम गर्दै आएको छ।</p>
<p>डेढ महिना लामो लकडाउनका कारण समस्यामा परेकालाई फाउन्डेसनले खाना खुवाउँदै आएको छ। फाउन्डेशनले अहिलेसम्म एक हजारभन्दा बढीलाई खाना खुवाएको छ।</p>
<p>काठमाडौं उपत्यकाभित्र बौद्ध, जोरपाटी, वीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुरलगायत १२ स्थानमा खाना वितरण गरिएको उनले बताइन्। गायिका पन्त आफैं उपस्थित भएर खाना वितरण गरेकी थिइन्।</p>
<p>यो कठिन परिस्थितिमा गायिका पन्तको हातबाट खाना पाउँदा आफूहरू एकदमै खुशी भएको उनीहरूको प्रतिक्रिया थियो। यो लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्‍नुपर्नेमा विभिन्‍न ठाउँमा मानिस भोकभोकै छन् भन्‍ने सुनेर चुप लागेर बस्‍न नसकेको अन्जुको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
