कोभिड-१९: वुहान प्रयोगशालाको १६ दिनको रेकर्ड नै गायब <p>बेइजिङ। चीनको वुहानस्थित प्रयोगशालाको कोभिड-१९ को परीक्षणको तथ्यांक ह्याक भएको छ। ह्याक भएको तथ्यांकबाट कोरोना भाइरस संक्रमणमा परेका धेरैको तथ्यांक लुकाइएको देखिएको छ।</p> <p>वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको तथ्यांक गत २३ अप्रिलमा ह्याक भएको समाचार अस्ट्रेलियाको अखबार &lsquo;दी अस्ट्रेलियन&rsquo;ले प्रकाशित गरेको थियो। फेब्रुअरी २ देखि १८ सम्मको रेकर्ड नै प्रयोगशालाले नराखेको ह्याक भएको तथ्यांकको विश्लेषणमा पाइएको छ।</p> <p>इन्टरनेट सेक्युरिटी फर्म &lsquo;इन्टरनेट २.०&rsquo;का संस्थापक रोबर्ट पोटरका अनुसार वुहान प्रयोगशाला, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ, गेट्स फाउन्डेसनलगायत निकायसँग सम्बन्धित करिब २५ हजार इमेल एड्रेस र पासवर्ड फेला परेको थियो। सोही माध्यमबाट वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको तथ्यांक प्राप्त भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्