अमेरिकामा गर्मीमा कोभिड-१९ को महामारी बढ्ने शोधकर्ताहरूको चेतावनी <p>वासिङ्टन। सामाजिक सुरक्षाको पाटोमा उल्लेख्य सुधार हुँदै जाँदा पनि अमेरिकाका केही राज्यमा गर्मी महीनामा कोभिड-१९ को महामारी अझ फैलिन सक्ने शोधकर्ताहरूले चेतावनी दिएका छन्।&nbsp;</p> <p>युनिभर्सिटी अफ वासिङ्टनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले यस्तो चेतावनी दिएको हो। ३१ वटा राज्यमा ३१ मेसम्म लकडाउन कायम रहेको अवस्थामा पनि मानिसको गतिविधिमा कमी नआएका कारण कोरोना भाइरसको प्रसार तीव्र हुने जोखिम देखिएको हो।</p> <p>वीफोरम डट ओआरजीका अनुसार अमेरिकामा १३ लाखभन्दा बढी मानिस कोराना भाइरसको संक्रमणमा परिसकेका छन्। र, ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।</p> <p>भौतिक दूरी कायम राख्&zwj;ने नियम लगातार उल्लंघन हुँदै जाँदा महामारी रोक्ने प्रयास विफल बन्दै जाने शोधकर्ताहरूको भनाइ छ। जबकि, हालसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कुनै खोप या औषधि उपलब्ध छैनन्।</p>
प्रतिक्रिया दिनुहोस्