कोभिड-१९: बिरामी ७ हजार नाघेपछि कुवेतमा २० दिनको लकडाउन <p>कुवेत। सात हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएपछि खाडी मुलुक कुवेतले २० दिनको लकडाउन घोषणा गरेको छ।</p> <p>समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई)का अनुसार हिजो मात्र कुवेतमा कोभिड-१९ का ६ सय ४१ जना नयाँ बिरामी थपिएका छन्।</p> <p>कोरोना भाइरस संक्रमणको प्रसार रोक्न कुवेत सरकारले एकैपटक २० दिनका लागि लकडाउन घोषणा गरेको हो।&nbsp;</p> <p>कोभिड-१९ का बिरामी कुवेतमा निरन्तर बढिरहेका छन्। हालसम्म ४७ जनाले सोही कारण ज्यान गुमाएका छन्। गत २४ फेब्रुअरीमा कुवेतमा कोरोना भाइरस संक्रमणको पुष्&zwj;टि भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्