"> चन्द्रागिरी नगरपालिकाको अपील- ‘वडाले काम दिन्छ, अब राहत होइन पारिश्रमिक लिनुस्’: Dekhapadhi
चन्द्रागिरी नगरपालिकाको अपील- ‘वडाले काम दिन्छ, अब राहत होइन पारिश्रमिक लिनुस्’
काठमाडौं। चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा आर्किटेक्ट तथा शहरी योजनाकार उत्तम राउत अध्यक्ष छन्। उनले आज एउटा सूचना जारी गरे, जसले कोभिड-१९ का कारण कामविहीन भएका व्यक्तिहरूमा आशाको सञ्चार गराइदिनसक्छ।

सूचनामा उनले आफ्नो वडाभित्र स्थायीरअस्थायी बसोवास भएका अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी गरी खाने नागरिकहरुलाई काम दिने घोषणा गरेका छन्।

‘वडाको काममा सहभागी बनौं राहत होइन पारिश्रमिक लिऔं’ शीर्षकमा वडाअध्यक्ष राउतले जारी गरेको सूचनामा अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी गरी खाने नागरिकहरुमध्ये लकडाउनको समयमा आय आर्जन नहुँदा हात मुख जोर्ने समस्या भएकाहरूलाई काम दिने घोषणा गरिएको छ।

त्यस्ता व्यक्तिहरूलाई भीडभाड गरी राहत बाँड्ने, खाना खुवाउने गर्दा झन् संक्रमणको जोखिम बढ्ने सम्भावना भएकोले राहतको सट्टामा काम दिने घोषणा गरिएको हो। सूचनामा भनिएको छ-‘उहाँहरुको स्वाभिमान पनि उठ्ने गरी वडा कार्यालयले समस्या ग्रस्त परिवारको एक सदस्यलाई कामको प्रवन्ध गरेको हुँदा, वडा कार्यालयमा सर्पक गर्नु हुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्