काठमाडौं। यो लकडाउनको समय हो।

यो सामाजिक सञ्जालको पनि समय हो।

लकडाउनका कारण घरभित्रै बस्नुपरेकाले अधिकांश मानिसहरू सामाजिक सञ्जालमा पहिले भन्दा निकै सक्रिय छन्। व्यक्तिगतरूपमा सक्रिय हुनु त स्वाभाविक भइहाल्यो। कार्यालयका औपचारिक बैठक र निर्णय पनि सामाजिक सञ्जालमा हुन थालेका छन्।

यही मेसोमा विद्यालयहरूले परीक्षाफल प्रकाशन गर्ने सूचना पाटी पनि सामाजिक सञ्जाललाई नै बनाएका छन्।

वार्षिक परीक्षा सकिएलगत्तै लकडाउन भएकाले विद्यालयहरूले परीक्षाफल प्रकाशन गर्न पाएका थिएनन्। सरकारी तवरबाटै निर्देशन भएपछि विद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेका छन्।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले १८ वैशाखमा विज्ञप्ति जारी गर्दै विद्यालयहरूलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको थियो।

सरकारले निर्देशन दिएपछि परीक्षाफल तयार पारेका कतिपय विद्यालयले वेबसाइटमार्फत् सार्वजनिक गरेका छन्। आफ्नै वेबसाइट नहुने विद्यालयले फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन्। तर, त्यसरी नतिजा सार्वजनिक गर्दा कतिपय विद्यालयले आवश्यक सावधानी नअपनाएको गुनासो आउन थालेको छ। केही विद्यालयले विद्यार्थीको नामावली र उनीहरूको ग्रेडसहितको सूचना नै फेसबुक पेजमा सार्वजनिक गरिदिएका छन्।

विद्यालयहरूले यसरी नामावली र ग्रेडसहित नै नतिजा सार्वजनिक गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने मनोविश्लेषक बासु आचार्य बताउँछन्।

“कतिपय विद्यार्थी बेवास्ता सहन नसक्ने, अरूले जिस्काए दुःखी हुने वा आफूलाई राम्रो तरिकाले व्यक्त गर्न नसक्ने खालका हुन्छन्”, मनोविश्लेषक आचार्य भन्छन्, “सबै विद्यार्थीहरू एकै हिसाबले मानसिकरूपमा बलिया हुन्छन् भन्ने छैन। त्यसैले विद्यालयले सबैखाले विद्यार्थीको मनोविज्ञान बुझेर मात्रै रिजल्ट सार्वजनिक गर्नुपर्छ।”

अघिल्ला वर्षहरूमा विद्यार्थीको परीक्षाफल कि अभिभावकलाई दिइन्थ्यो कि त विद्यालयको सूचना पाटीमा टाँसिन्थ्यो। जसले गर्दा सीमित व्यक्तिसम्म मात्र नतिजा पुग्थ्यो। तर, सामाजिक सञ्जालमा सार्वजनिक हुँदा धेरैको पहुँचमा त्यो सूचना पुगेको छ।

यसरी जोसुकैको पहुँचमा नतिजा पुग्दा कम ग्रेड आउने विद्यार्थीहरूमा पढाइ र विद्यालयप्रति नै वितृष्णा पैदा हुन सक्ने शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीका अधिकृत श्यामप्रसाद आचार्य बताउँछन्।

“सामाजिक सञ्जालमा विद्यार्थीहरूको नामसहित ग्रेडसिट राख्नु विद्यालयको सुझबुझको कमी हो”, आचार्य भन्छन्, “यसरी नतिजा प्रकाशन गर्दा टपमा आउने विद्यार्थीहरू त खुशी हुन्छन्। तर, ती त दुई, तीनजना न हुन्। अरू ३०, ३२ जना भने मारमा पर्छन्। विद्यार्थीको गोपनीयताको पनि विद्यालयले ख्याल गर्नुपर्छ। नतिजा प्रकाशन नै गर्नुपरे पनि सिम्बोल नम्बर मात्रै पनि त सार्वजनिक गर्न सकिन्छ।”

उनले भनेजस्तै गरी चितवनको भिमोदय माध्यमिक विद्यालयले भने विद्यार्थीको गोपनीयता कायम राख्ने प्रयास गर्‍यो। विद्यालयले आफ्नो वेबसाइटमा विद्यार्थीले पढ्न मिल्ने गरी परीक्षाफल राखेको प्रधानाध्यापक डा. हरि कँडेल बताउँछन्। “अहिलेको बाध्यात्मक परिस्थितिमा सामाजिक सञ्जालको प्रयोग गरेर नतिजा सार्वजनिक गर्नु राम्रो हो”, उनी भन्छन्, “तर विद्यार्थीको परिचय सार्वजनिक नगर्दा राम्रो हुन्छ।”

" /> काठमाडौं। यो लकडाउनको समय हो।

"> सामाजिक सञ्‍जालमै परीक्षाफल सार्वजनिक, विद्यार्थीको गोपनीयता छताछुल्ल: Dekhapadhi
सामाजिक सञ्‍जालमै परीक्षाफल सार्वजनिक, विद्यार्थीको गोपनीयता छताछुल्ल

प्रतिक्रिया दिनुहोस्