काठमाडौं। आज एकै दिन कोभिड-१९ का ९ जना बिरामी निको भएर घर फर्किएका छन्।
निको हुनेमा प्रदेश १ को कोशी अस्पतालका आठजना र सुदूरपश्चिमको धनगढीस्थित प्रादेशिक अस्पतालका एकजना छन्।
पछिल्लो दुई वटा कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको सम्बन्धित अस्पतालले जनाएको छ।

विराटनगरबाट डिस्चार्ज हुनेमा उदयपुरकी एक महिलासहित पाँचजना, विराटनगरका एक र एक भारतीय नागरिक रहेको प्रदेश १ कोभिड-१९ निगरानी, प्रतिवेदन तथा अनुगमन सचिवालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।
उनीहरू उदयपुरको त्रियुगा नगरपालिका-३ को भुल्केबस्तीमा संक्रमित भेटिएका थिए।
अब प्रदेश १ मा भोजपुरका एक, झापाका दुई र उदयपुरमा संक्रमित फेला परेका १४ जना उपचाररत् छन्।
त्यस्तै आज अपरान्ह धनगढीकी कोरोना संक्रमित ३४ बर्षिया दीपा शाही निको भएर घर फर्केकी छन्।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत उनी नेपालभित्रै पहिलो पटक संक्रमित भेटिएकी महिला हुन्।
शाही गत २२ चैतमा अस्पताल भर्ना भएकी थिइन।
सुदूरपश्चिम प्रदेशमा पाँचजना संक्रमित फेला परेकोमा सबै निको भएका छन्।
आज नेपालगञ्जमा एक १६ वर्षीय युवामा पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १०२ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३० जना निको भएका छन्।
" /> काठमाडौं। आज एकै दिन कोभिड-१९ का ९ जना बिरामी निको भएर घर फर्किएका छन्।निको हुनेमा प्रदेश १ को कोशी अस्पतालका आठजना र सुदूरपश्चिमको धनगढीस्थित प्रादेशिक अस्पतालका एकजना छन्।

">