दुई दिनभित्र ५३०० नमूना संकलन गर्न सेनासहितको सुरक्षाकर्मी टोली परिचालन
<p>काठमाडौं। स्वास्थ्य मन्त्रालयले पाँच हजार ३०० स्वाब संकलन गरी कोभिड-१९ परीक्षण गर्ने योजनाअनुसार विभिन्‍न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाएको छ।</p>
<p>नेपाली सेनाको छाउनीस्थित कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई आज प्रदेश नं १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का जोखिम तथा सम्भावित संक्रमणयुक्त जिल्लामा पठाइएको हो । </p>
<p>उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी २८ वैशाखसम्म स्वाब संकलन गरी परीक्षण गर्ने योजना छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
