कञ्‍चनपुरमा ड्रोनबाट लकडाउन निगरानी गरिँदै
नगरपालिका १९ वटै वडामा ड्रोनमार्फत निगरानी बढाइएको हो।
रोबोटिक एसोसियसन अफ नेपाल इन्जिनिरिङ्ग र भीमदत्त नगरापलिकाबीच ड्रोन गस्ती गर्ने सम्झौता भएको हो।
कोरोना भाइरस स्क्रमणको जोखिम न्यूनिकरण गर्न गरिने ड्रोन गस्तीको क्रममा कोही कसैले लकडाउन उल्लंघन गरेको पाइए तत्काल पालना गराउन निर्देशन दिइने मेयर सुरेन्द्र विष्टले बताए।
ड्रोनबाट गरिएको निगरानीलाई आधार बनाएर लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिने उनको भनाइ छ।
गस्तीका क्रममा नगरपालिकाको कुनै स्थानमा भीडभाड देखिएमा ड्रोनबाटै हट्न निर्देशन दिइनेछ।
ड्रोन गस्तीका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थीले समेत सहयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्