काठमाडौं। प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट लकडाउनको अटेर गर्दै बाहिर निस्किएका दुई हजार ४० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार यो आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नियन्त्रणमा लिइएको संख्या हो।
काठमाडौंमा सबै भन्दा बढी एक हजार ८०७, ललितपुरमा १८७ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
लकडाउन उल्लंघन गरेर बाहिर निस्किएकाहरूलाई प्रहरीले सडकमै ३ घण्टा उभ्याएर कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्ने उपायको बारेमा प्रशिक्षण दिँदै आएको छ।
यसै गरी आज ५१० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङग्रे गरी ५६० वटा सवारीसाधनलाई कारवाही गरिएको छ।
" /> काठमाडौं। प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट लकडाउनको अटेर गर्दै बाहिर निस्किएका दुई हजार ४० जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार यो आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नियन्त्रणमा लिइएको संख्या हो।

">