सप्तरी। मध्यरातमा जंगली हात्ती गाउँ प्रवेश गर्न थालेपछि सप्तरीको उत्तरी भेगका अधिकांश क्षेत्रका वासिन्दा त्रसित बनेका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीको समूहले सप्तरी जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा आतंक मच्चाउने गरेकाे छ।
आरक्षबाट आएको तीन हात्तीको समूहले गयराति अग्निसाइर कृष्णसवरण गाउँपालिका-५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको छ। हिजाे, २५ वैशाख बिहान मात्रै हात्तीको आक्रमणबाट शम्भूनाथ नगरपालिका–२, भलुवाहीकी ३८ वर्षीया जानुका मगरको मृत्यु भएको थियो।
अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, मोहनपुरस्थित घरसहित भर्खरै भित्र्याइएको अन्न, पशुआहारासमेत गरी करीब साढे एक लाख रूपैयाँ बराबरको खाद्यान्न क्षति गरेको पीडित बञ्जाराले बबताए।
लकडाउनमा बेरोजगार भई आयस्रोत कम भएका बेला हात्तीले घर र खाद्यान्न क्षति गर्दा मर्कामा परेको पीडित राईले बताउँछिन्।
दिनभरि नजिकैको जंगलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको मोहनपुरका बाबुराम बस्नेतले जानकारी दिए।
भत्किएको घरको मर्मतसम्भार र नोक्सान भएको अन्नको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन बाबुराम बस्नेतले स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्। जङ्गली हात्तीको आतङ्क रोक्न पहल नभएकाले मानवीय र भौतिक क्षति बढ्दै गएको उनकाे भनाइ छ।
चार दिनअघि सोही गाउँपालिका-२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो। हात्ती आँगनमा पसेपछि गत साता वडा नं ६ महुलीका भुवन आचार्य भागेर ज्यान जोगाउँदा लडेर घाइते भएका थिए। गत शनिबार खड्क नगरपालिका-७ मा हात्तीले घर भत्कायो भने आइतबार सप्तकोशी नगरपालिका-५ मा हात्तीले बालीमा क्षति पुर्यायो।
हात्तीको त्रासले गाउँलेहरू जाग्राम बसेर रात काट्ने गरेका छन्। वर्षाैंदेखि हात्ती आउने गरेको जानकारी दिँदै शम्भुनाथ नगरपालिका–२ का बाबुराम घिमिरेले कहिलेकाहीँ हात्ती आक्रोशित भई घर तोडफोड र मानिसमाथि नै आक्रमण गरेर ज्यान लिने गरेको बताए।
हात्तीले घर पनि भत्काउने र खाने सामग्रीसमेत नष्ट गरिदिने हुनाले एकैसाथ बस्ने र खाने समस्या परेको श्यामकुमार रामले चिन्ता व्यक्त गरे। “लकडाउनको समयमा घरबाहिर ननिस्कन भनिएको छ, हात्तीले घरबारविहीन बनाएको छ”, वीरेन्द्र रामले भने, “लकडाउनले बेरोजगार बनायो र बनिबुतो गरेर जम्मा गरेको खाद्यान्नसमेत हात्तीले नष्ट गर्दा खाना र बासको समस्या एकसाथ आइलाग्यो।”
आरक्षबाट निस्किने हात्तीको समूहले दैनिकजसो अग्निसाइर कृष्णसवरण, रुपनी गाउँपालिका, कञ्चनरुप, सप्तकोशी, शम्भुनाथ, सुरुङ्गा, खड्क, हनुमाननगर कंकालिनी नगरपालिकालगायतमा बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्न थालेको छ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पछिल्लो दुई सातादेखि लगातार हात्तीको आतंक बढेपछि स्थानीयवासी दैनिक जाग्राम बस्नुपरेको पीडित बताउँछन्।
- नानीमैया कटवाल/रासस
" /> सप्तरी। मध्यरातमा जंगली हात्ती गाउँ प्रवेश गर्न थालेपछि सप्तरीको उत्तरी भेगका अधिकांश क्षेत्रका वासिन्दा त्रसित बनेका छन्।कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीको समूहले सप्तरी जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा आतंक मच्चाउने गरेकाे छ।

">