पाँच किलो गाँजासहित सर्लाहीमा दुईजना पक्राउ
<p>सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पाँच किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।</p>
<p>लालबन्दी नगरपालिका-१५ बाट स्थानीय २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२, घारीबथानका ४६ वर्षीय फगुनी यादवलाई पक्राउ गरिएको हो।</p>
<p>झोलाभित्र लुकाइछिपाइ ल्याउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा गाँजा बरामद् भएकाे प्रहरीले जनाएकाे छ।</p>
<p>उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
