मोरङ र बारामा दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं। मोरङ र बारामा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

मोरङको कानेपोखरी गाउँपालिका-७ मा को २५ प ३८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी नगरपालिका-८ बस्ने पैदलयात्री ४० वर्षीया शान्ता राजवंशीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै बाराको महागढीमाई नगरपालिका-१० मा ना ४६ प ३६५९ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना भई लडिरहेका युवकलाई प्रदेश २–०३–००१ च ४८४ नम्बरको गाडीले ठक्कर दिएकाे थियाे।

गाडीकाे ठक्करबाट मोटरसाइकल चालक २५ वर्षीय पशुरामप्रसाद यादवको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्