पाँच किलो गाँजासहित दुईजना पक्राउ <p>काठमाडौं। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पाँचकिलो अवैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।</p> <p>लालबन्दी नगरपालिका १५ बाट २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका १२ घारीबथानका ४६ वर्षीय फगुनी यादवलाई पक्राउ गरिएको हो।</p> <p>झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको गाँजा जाँच गर्ने क्रममा बरामद गरिएको हो। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्