‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५’को दफा १९ अनुसार हरेक व्यक्तिलाई ‘विद्युतीय माध्यममा रहेको आफ्नो कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्याङ्क वा चरित्र सम्बन्धी कुराको गोपनियता राख्न पाउने अधिकार हुन्छ।’
अधिवक्ता अर्याल विद्युतीय माध्यममै पनि दुई भन्दा बढी व्यक्तिबीच कसैलाई लाञ्छना लगाउने गरी कुराकानी गर्नु ‘बेइज्जती हुने’ बताउँछन्। “दुई भन्दा बढी व्यक्तिबीच अरू कसैलाई लाञ्छना लगाई कुराकानी गर्नु बेइज्जती गर्नु हो” अधिवक्ता अर्याल भन्छन्, “त्यसमा यौन दुव्यर्वहार पनि भइरहेको हुन्छ।”
उनी अरू कसैको तस्वीर र नाम प्रयोग गरि सामाजिक सञ्जालको अकाउन्ट बनाउनु पनि अपराध हुने र त्यसले पहिचान खोस्ने बताउँछन्। यी सबै अपराधमा साईबर कानून आकर्षित हुने उनको धारणा छ। नेपालमा साईबर कानूनको रुपमा प्रयोग गरिने ‘विद्युतीय कारोबार ऐन’को दफा ४७ ले ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने’ कर्मलाई अपराध मान्दै दण्ड तोकेको छ।
“महिलालाई यौनिक वस्तुको रुपमा प्रस्तुत गर्ने सामर्थ्यलाई पुरुषत्वको रुपमा लिने गरिन्छ। त्यसैले आफ्नो समूहमा पुरुषहरू त्यसरी कुरा गरिरहेका हुन्छन्।” -समाजशास्त्री नीति अर्याल खनाल
महिला अधिकारकर्मी एवं लेखक सरला गौतम पनि यसलाई अपराध नै ठान्छिन्। भन्छिन्, “यो घटनाको मुख्य पाटो के हो भने केटाहरूले महिलाको नीजि तस्वीरलाई लिएर आपराधिक खेल खेलिरहेका छन्। प्रहरीले यसबारे गम्भिरतापूर्वक अनुसन्धान गर्नुपर्छ र उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ।”
तर खासगरी हुर्कंदो उमेरका युवाहरू किन यस्तो कर्ममा सहभागी छन् त ? त्रिभुवन विश्वविद्यालयकी उप–प्राध्यापक, समाजशास्त्री नीति अर्याल खनाल यसलाई एकभन्दा बढी कोणबाट हेर्नुपर्ने बताउँछिन्।
“हामीले पुरुषहरू कसरी हुर्किरहेका छन् भनेर हेर्नुपर्छ”, उनी भन्छिन्, “हाम्रो समाजमा महिलालाई कि त देवी कि त यौन साधनको रुपमा प्रस्तुत गर्ने गरिन्छ। त्यसको असर हुर्कंदो उमेरका पुरुषहरूलाई परेको छ। त्यसमाथि महिलालाई यौनिक वस्तुको रुपमा प्रस्तुत गर्ने सामर्थ्यलाई पुरुषत्वको रुपमा लिने गरिन्छ। त्यसैले आफ्नो समूहमा पुरुषहरू त्यसरी कुरा गरिरहेका हुन्छन्।”
अर्कोतर्फ, नेपाली समाजमा यौनिकताबारे खुलेर कुरा गर्ने वातावरण नहुँदा पनि समस्या सिर्जना हुने गरेको समाजशास्त्री खनालको मत छ।
“उनीहरूसँग अनेकौं यौन जिज्ञासा हुन्छन्। तर त्यसलाई समाधान गर्ने मञ्च पाइरहेका हुँदैनन्। त्यसैले पनि यस्ता समूहमा आबद्ध हुनपुग्छन्। यौन जिज्ञासाबारे कुरा गर्ने हदसम्म त्यसलाई सामान्य मान्नुपर्छ तर कोही महिलालाई दुर्व्यवहार हुनेगरी प्रस्तुत गर्नु, उनीहरूलाई यौन सामग्रीको रुपमा व्याख्या गर्नु अपराध हो” समाजशास्त्री खनाल भन्छिन्, “हामीकहाँ सहमति र असहमतिको मसिनो फरक नै थाहा छैन।”
“प्रविधिले नै अभियुक्त खोज्नुपर्ने भएकाले त्यसै अनुसार अनुसन्धान अघि बढिरहेको छ ।” - निरजबहादुर शाही, प्रवक्ता, नेपाल प्रहरी
समाजशास्त्री खनाल अपराधको तत्काल समाधान कारवाही भए पनि त्यसले दिर्घकालीन समाधान नदिने बताउँछिन्। “उनीहरूलाई ब्याड ब्वाईज् (खराब केटाहरू) भनेर कारवाही गर्दैमा मात्र समस्याको पूर्ण समाधान हुँदैन। त्यसको लागि उनीहरूको जिज्ञासा अभिव्यक्त हुने स्पेस दिनुपर्छ। महिलालाई हेर्ने उनीहरूको दृष्टिकोण सुधार्न हुर्काईदेखि नै काम गर्नुपर्छ। त्यसमा परिवार, समाज, मिडिया जिम्मेवार हुन्छन्”, उनी भन्छिन्।
समाजशास्त्री अर्यालले भनेजस्तै यो दीर्घकालीन समस्या त हो नै। तर यसले पीडितमा पार्ने असर पनि कम दीर्घकालीन छैन। आफ्ना तस्वीर र भिडिओको दुरुपयोग गरिएको देख्दा उनीहरूले असहाय र असुरक्षित भएको महसुस गरेका छन्।
“हामीले आफ्नो पेजमा राखेको फोटो र भिडिओको दुरुपयोग गरेर हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारिएको छ”, निर्भाना भन्छिन्, “हामीमध्ये कसैले पनि सुरक्षित महसुस गरेका छैनौं। हामीलाई थाहा छैन, कुन चाहिँ नयाँ पोस्टले हामीलाई वस्तु सरह प्रस्तुत गरिदिन्छ। हामीले एकदमै सहयोगविहिन भएको महुसस गरेका छौँ। वास्तविक जीवनमा भन्दा पनि एकदमै पीडित भएको महुसस गरेका छौं किनभने पीडकहरूले आफ्नो परिचय लुकाएका छन्। उनीहरूको परिचय सहजै खुल्न सक्दैन। तर उनीहरूको कर्मका अनेकौं असर छन्।”
आफूले फेसबुक वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा राखेको तस्वीर यसरी दुरुपयोग हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय साइबर क्राइम ब्युरोमा उजुरी पनि पर्नथालेको छ। “एकभन्दा बढी उजुरी परेका छन्, हामीले त्यसमा अनुसन्धान गरिरहेका छौँ”, ब्युरोका प्रहरी निरिक्षक प्रवीण ताम्राकारले भने। उनले कहिलेसम्म अभियुक्तहरू गिरफ्तार हुन्छन् भन्ने भन्न नसकिए पनि यो घटनामा ‘विद्युतीय कारोबार एन’को दफा ४७ आकर्षित हुने बताए।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले पनि उजुरी परिसकेकाले अनुसन्धान अघि बढिरहेको बताए। “प्रविधिले नै अभियुक्त खोज्नुपर्ने भएकाले त्यसै अनुसार अनुसन्धान अघि बढिरहेको छ”, उनले भने।

सामाजिक सञ्जालमा महिलामाथि हुँदैछ अर्को डरलाग्दो यौन उत्पीडन: Dekhapadhi
सामाजिक सञ्जालमा महिलामाथि हुँदैछ अर्को डरलाग्दो यौन उत्पीडन

काठमाडौं। सामाजिक सञ्जालका गोप्य ग्रुप च्याटहरूमा केटाहरू के गफ गर्छन् होला ? अझ विपरीत लिंगीबारे उनीहरूले गर्ने ‘गफ’ कस्तो हुन्छ होला ?

कलाकार निर्भाना भण्डारी आफ्नोबारे गरिएका गफ र टिप्पणी देखेपछि छक्क मात्र परिनन्, अपमानित र असुरक्षित महसुस पनि गरिन्। सामाजिक सञ्जाल ‘रेड्डिट’ मा बनाइएका दुईवटा प्राइभेट ग्रुपमा आफूबारे अनेकौं अश्लील टिप्पणी गरिएको पाइन् उनले।

“रेड्डिटको एउटा समूहमा कसैले मेरो फोटो देखेपछि मलाई बतायो। अनि मैले हेर्दा त्यहाँ थुप्रै महिलाका फोटो र भिडिओ चोरिएको पाएँ। हामीले इन्स्टाग्राममा राखेका फोटो चोरेर उनीहरूले विभिन्न अश्लील टिप्पणी गर्दै अनेकौं पेजमा सेयर गरेका थिए। मैले मेरा थुप्रै भिडिओ र फोटोहरू त्यसरी प्रयोग गरिएको पाएँ”, निर्भानाले बताइन्।

आफूलाई ‘इन्टरनेटको पहिलो पाना’ (फ्रन्ट पेज अफ् इन्टरनेट) दावी गर्ने रेड्डिट मूलतः ग्रुप च्याट गरिने सामाजिक सञ्जाल हो। यसमा १० हजार भन्दा बढी ग्रुप बनाइएको छ जसलाई ‘सबरेड्डिट्स’ भनिन्छ। यस्ता सबरेड्डिट्समध्ये कतिपय बालबालिकालाई यौनदुर्व्यवहार गर्ने र महिलाको सहमतिबेगर फोटो बाँड्ने भएकाले कम्पनीले प्रतिबन्ध लगाइदिएको छ।

“उनीहरू महिलालाई अनेकौं लाञ्छना लगाएर प्रस्तुत गर्छन्। महिलाको युजरनेम बाँड्छन्। र, कसरी उनीहरूको नीजि तस्वीर र भिडिओ खोज्ने भन्नेबारे छलफल गर्छन्। उनीहरूले महिलालाई ब्ल्याकमेल गर्छन्। र फोन नम्बर ह्याक गर्छन्।” - निर्भाना भण्डारी

देखापढीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म रेड्डिटमा ‘नेपाली बेब्स’ र ‘नेप्लिज बेब्स’ गरी दुईवटा सबरेड्डिट्स छन्। ४५०० जति सदस्य भएका ती सबरेड्डिट्समा महिलाहरूले आफ्नो इन्स्टाग्राम, फेसबुक वा ट्वीटरमा राखेका तस्वीर र भिडिओ सार्वजनिक गर्दै उनीहरूलाई यौन ईच्छा पूर्तिको साधनको रुपमा चिनाइने गरिएको रहेछ। त्यसमा उनीहरूबारे अश्लिल टिप्पणीसमेत हुनेगरेको छ।

निर्भाना भन्छिन्, “उनीहरू महिलालाई अनेकौं लाञ्छना लगाएर प्रस्तुत गर्छन्। महिलाको युजरनेम बाँड्छन्। र, कसरी उनीहरूको नीजि तस्वीर र भिडिओ खोज्ने भन्नेबारे छलफल गर्छन्। उनीहरूले महिलालाई ब्ल्याकमेल गर्छन्। र फोन नम्बर ह्याक गर्छन्।”

आफू र अन्य महिलाबारे यस्ता टिप्पणी गरिएको पाएपछि निर्भानाले आफ्नो इन्स्टाग्राम पेजमा यसप्रति तिव्र आपत्ती जनाउँदै लेखिन्। उनले ती च्याटहरू पनि सार्वजनिक गरिदिइन्। उनले त्यसरी कर्तुत सार्वजनिक गरिदिएपछि उनीविरुद्ध झनै प्रहार गर्न थालियो। त्यसपछि त झन् विभिन्न अश्लिल नाम दिइएका फेसबुक पेजमा अनेकौं लाञ्छना लगाउँदै उनको तस्वीर सेयर गरियो।

त्यसो त २०७६ जेठमा महिला मुक्ति, यौनिकता र पहिचानबारे कला प्रदर्शन गरेदेखि नै निर्भानामाथि यस्ता प्रहार हुन थालेका थिए। तर यसपाली उनले आफूजस्तै थुप्रै महिलामाथि यस्ता दुर्व्यवहार भएको पाइन्। खासगरी सबरेड्डिटमा गरिएको हिंसा सघन थियो।

“मलाई लाग्छ नेपालमा अनलाइनमार्फत् महिलाद्वेषी कर्म गरिएको यो एउटा प्रमुख घटना हो। हामीले हाम्रो पेजमा सेयर गरिएको फोटो चोरी गरेर र त्यसलाई अनेक रुपमा प्रस्तुत गरेर हामीमाथि दुर्व्यवहार भइरहेको छ”, निर्भाना भन्छिन्।

“आफ्नो फेसबुक, ट्वीटर र इन्स्टाग्रामको पेजमा राख्दैमा कसैको फोटो वा भिडिओ अनुमति बेगर अर्कोले प्रयोग गर्न पाउँदैन। त्यसरी प्रयोग गर्नु गोपनीयताको हनन हुन्छ ।” - अधिवक्ता बाबुराम अर्याल

सामाजिक सञ्जाल रेड्डिट्समा सघन रुपमा यस्तो कर्मको प्रस्तुती देखिए पनि फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पनि यस्ता कर्म हुने गरेका छन्। पीडितहरूले देखापढीलाई उपलब्ध गराएका स्क्रिनसट अनुसार अन्य सामाजिक सञ्जालमा महिलालाई अश्लीलतापूर्वक प्रस्तुत गर्ने पेज र ग्रुप प्रशस्त छन्।

साईबर कानूनका जानकार अधिवक्ता बाबुराम अर्यालका अनुसार यस्ता कार्यबाट एकैपटक एकभन्दा बढी अपराध हुने गरेका छन्। यस्ता कार्यले व्यक्तिको गोपनीयताको हनन त गरेकै छ, बेइज्जती गर्ने र यौन दुर्व्यवहार गर्ने कामसमेत गरेको उनको भनाई छ।

“आफ्नो फेसबुक, ट्वीटर र इन्स्टाग्रामको पेजमा राख्दैमा कसैको फोटो वा भिडिओ अनुमति बेगर अर्कोले प्रयोग गर्न पाउँदैन। त्यसरी प्रयोग गर्नु गोपनीयताको हनन हुन्छ”, अधिवक्ता अर्याल भन्छन्।