इनारमा डुबेर मोरङमा एक वृद्धाको मृत्यु
<p>विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका-७ बेलगौडे बस्ने ६० बर्षीया सानुमाया लम्सालको इनारमा डुबेर मृत्यु भएको छ।</p>
<p>आज दिउँसो लम्साल आफ्नै घर अगाडी रहेको इनारमा डुबेर सो घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।</p>
<p> ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ।</p>
<p>घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
