काठमाडौं। आज २५६४ औं बुद्ध जयन्ती। सामान्य अवस्थामा हुँदो हो त यो दिनलाई औपचारिक कार्यक्रमसहित भव्य रूपमा मनाइन्थ्यो।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमामा पर्ने बुद्ध जयन्ती मनाइन्थ्यो। तर, कोभिड-१९ को जोखिमका कारण देश लकडाउनमा भएकाले र ठूलो संख्यामा मानिसहरू जम्मा हुँदा कोरोना भाइरसको संक्रमण विस्तार बढ्न सक्ने त्रासका कारण पनि यसवर्ष कुनै कार्यक्रम भएनन्।
बरू कोभिड-१९ का कारण आफ्नो अमूल्य जीवन गुमाएका दिवंगतहरूप्रति श्रद्धा सुमन अर्पण गर्न र बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित घरघरमा दीप प्रज्वलन गरियो।
यो दीप प्रज्ववलन गर्दै कोभिड-१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवीहरू र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यवद्धता जनाइयो।
देखापढीका फोटो पत्रकार गोपेन राईले काठमाडौंमा दीप प्रज्वलन गर्दै गरेका तस्वीर खिचेका छन्।