बाघको आक्रमणबाट वडा सदस्य गम्भीर घाइते
<p>गुलरिया। बाघको आक्रमणबाट गेरुवा गाउँपालिका -४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन्।</p>
<p>आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले आक्रमण खनाललाई घाइते बनाएको हो।</p>
<p>आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए।</p>
<p>वडा सदस्य खनाललाई उपचारका लागि नेपालगञ्‍ज मेडिकल कलेज लगिएको छ।<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
