काठमाडौं। काठमाडौंको गौशालास्थित् सडकमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नभएका व्यक्तिले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाएको भेटिएको छ।
आज दिउँसो मित्रपार्कबाट एअरपोर्टतर्फ गइरहेको बा१० च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको एम्बुलेन्सले ठक्कर दिएपछि घटना सार्वजनिक भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा८ च ६९२८ नम्बरको एम्बुलेन्स अनियन्त्रित हुँदै आएर ठक्कर दिएको थियो।

एम्बुलेन्सको ठक्करबाट निजी कार चालक गोगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भएका छन्। अन्य क्षति भने केही नभएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स चालक मोरङ पथरी नगरपालिका बस्ने ३६ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ। सक्रिय समाज काठमाडौंको उक्त एम्बुलेन्स र निजी कारलाई गौशाला प्रहरी वृतमा राखिएको छ।
" /> काठमाडौं। काठमाडौंको गौशालास्थित् सडकमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नभएका व्यक्तिले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाएको भेटिएको छ।आज दिउँसो मित्रपार्कबाट एअरपोर्टतर्फ गइरहेको बा१० च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको एम्बुलेन्सले ठक्कर दिएपछि घटना सार्वजनिक भएको हो।

">