चट्याङ लागेर रोल्पामा दुईजनाको मृत्यु
रोल्पा। लुङ्ग्री गाउँपालिका-२ सिर्पका दुईजनाको आज चट्याङ लागेर मृत्यु भएको छ।

चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको छ।

घटनास्थल पुगेको प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरको टोलीले गाउँलेको सहायतामा दुवैजनाको शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याएको छ। रासस

प्रतिक्रिया दिनुहोस्