काठमाडौं। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३, कबहीगोठ पचगछियास्थित नेपाल–भारत सीमामा तैनाथ सशस्त्र प्रहरीले आज दिउँसो हवाई फायर गरेको छ।
दुईजना भारतीय नागरिक आज दिउँसो भारतबाट नेपालतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई रोकेको सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन कठिन भएपछि हवाई फायर गरेको हो।
सशस्त्र प्रहरीले उनीहरूलाई रोकेलगत्तै नजिकैको गाउँबाट आएका १०० भन्दा धेरै मानिसको हुलले सशस्त्र प्रहरी बलको अस्थायी पोष्टमा ढुंगामुढा गरेको थियो।
भीडले आग्रह नमान्ने अवस्था आएपछि हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठले बताए।
हवाई फायर गरेपछि मात्र त्यो हुल तितरबितर भएको उनले बताए।
“अहिले त्यहाँको स्थिति सामान्य बनिसकेको छ”, उनले भने।
" /> काठमाडौं। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३, कबहीगोठ पचगछियास्थित नेपाल–भारत सीमामा तैनाथ सशस्त्र प्रहरीले आज दिउँसो हवाई फायर गरेको छ।दुईजना भारतीय नागरिक आज दिउँसो भारतबाट नेपालतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई रोकेको सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन कठिन भएपछि हवाई फायर गरेको हो।

">