काठमाडौं। भारतको आन्ध्र प्रदेशिमा रहेको एक केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ९ जनाको मृत्यु भएको छ। विशखापटनममा रहेको उक्त प्लान्टबाट आज बिहानै ग्यास लिक भएको हो। त्यहाँबाट निस्किएको धुँवा प्लान्टबाट कम्तिमा दुई माइल रेडियसको क्षेत्रभर भएको बताइएको छ।
कम्तिमा ३०० जनालाई अस्पताल भर्ना गरिएको भारतीय अधिकारीहरूले बताएका छन्। त्यसमध्ये कैंयौ बेहोश छन्।
विशाखापटनममा एलजी पोलिमर्स सञ्चालन गरिरहेको उक्त प्लान्ट कोभिड(१९ को विस्तार रोक्न लगाइएको लकडाउनमा बन्द थियो। स्थानीय अधिकारी विनय चन्दलाई उद्धृत गर्दै भारतीय मिडियाले रिपोर्ट गरेअनुसार लकडाउनमा बन्द भएको प्लान्टले अब सञ्चालनको अनुमति पाएको थियो। त्यसपछि सञ्चालनका लागि तयारी गर्नेक्रममा ग्यास लिक भएको हो।
भारतीय अधिकारीहरूले उक्त गाउँका एक हजार ५०० सहित नजिकको इलाकाबाट मानिसहरूलाई टाढाको क्षेत्रमा सारिरहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले आफूले संघीय गृहमन्त्री र घटनाको निगरानी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थान प्राधिकरणका अधिकारीसँग सोधपुछ गरेको बताएका छन्। “विशाखापटनमका सबैको सुरक्षा र कल्याणका लागि प्रार्थना गर्छु,” उनले ट्वीटमा भनेका छन्।
सन् १९८४ को डिसेम्बर महिनामा भारतको भोपालमा ग्यास लिक हुँदा हजारौंको ज्यान गएको थियो। त्यो बेला मिथाइल आइसोसाइनेट ग्यास लिक हुँदा पाँच लाख भन्दा बढी व्यक्तिहरू प्रभावित भएका थिए। जसलाई विश्वको सबैभन्दा खराबमध्येको औद्योगिक दुर्घटना मानिन्छ।

" /> काठमाडौं। भारतको आन्ध्र प्रदेशिमा रहेको एक केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ९ जनाको मृत्यु भएको छ। विशखापटनममा रहेको उक्त प्लान्टबाट आज बिहानै ग्यास लिक भएको हो। त्यहाँबाट निस्किएको धुँवा प्लान्टबाट कम्तिमा दुई माइल रेडियसको क्षेत्रभर भएको बताइएको छ।

">