आयोगले तोकेको शुल्कमा पढाउन नसक्ने मेडिकल कलेज सञ्‍चालकको धम्की
आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरूले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन्।
सञ्चालकहरूको पटक–पटकको यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन्।
यसअघिका शैक्षिक सत्रमा कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गराउन पहल थाल्दा सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने बताएका थिए।
आयोगले गत वर्ष लिएको शुल्कमा ४ दशमलव ५ प्रतिशत मुद्रास्फीति अनुसार आगामी शैक्षिक सत्रको शुल्क तोकेको छ।
एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका महासचिव सुनील शर्माले तोकिएको रकममा पठनपाठन गर्न नसकिने बताए।
आयोगले एकपक्षीय र अव्यावहारिक ढंगबाट बुल्क कायम गरेको एसोसिएसनको दाबी छ।
आयोगले मुद्रास्फीतिका आधारमा एमबीबीएसमा करीब २ लाख र बीडीएसमा १ लाख रकम वृद्धि गर्दै शुल्क तोकेको थियो।
निर्धारित नयाँ शुल्कमा उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २५० रूपैयाँ र उपत्यकाबाहिरका मेडिक कलेजहरूमा ४४ लाख ३६ हजार २५ रूपैयाँ शुल्क लाग्ने छ।
बीडीएस पढ्न २० लाख १९ हजार ५८० रूपैयाँ शुल्क कायम गरिएको छ। यसअघि बीडीएसको शिक्षण शुल्क १९ लाख ३२ हजार ६१२ रूपैयाँ थियो।
मेडिकल कलेजहरूले भने सरकारले तोकेको शुल्कले खर्च अपुग हुने भन्दै कम्तीमा ४८ लाखसम्म शुल्क असुल्ने गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्