सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भरता र उज्यालो आवश्यक भएको बताएका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसँग गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले कर्णालीको आवश्यकता पूरा गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराए।
“कर्णालीका पाँच जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छैन”, उनने भने, “प्रदेश राजधानीमै पनि विद्युत् आपूर्तिमा बारम्बार अवरोध भइरहेको छ। यो समस्या समाधानमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदछु।”
तत्काल राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नसकिने क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै मुख्यमन्त्री शाहीले अगाडि भने, “पाँच जिल्ला सदरमुकाममा समेत विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालय सञ्चालनमा समस्या छ। वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत् आपूर्ति गर्नुपर्ने देखिन्छ।”
कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादनयोग्य कृषिभूमि प्रशस्त भए पनि सिँचाइ अभावका कारण उत्पादनमा आत्मानिर्भर हुन नसकेकोतर्फ ऊर्जामन्त्री पुनको ध्यानाकर्षण गराए।
सङ्घीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै उनले औषधिय गुणसहितको कृषिउपजको उत्पादकत्व वृद्धिका लागि ठूला सिँचाइका योजना आवश्यक रहेको औंल्याए।
कर्णालीमा खाद्यान्न आपूर्तिमा दिइने ढुवानी अनुदानमा राज्यको अर्बौं रकम खर्च भइरहेको जनाउँदै उनले कृषियोग्य भूमिमा सिँचाइ व्यवस्था भएमा कर्णालीलाई उत्पादनमा आत्मानिर्भर बनाउन र ढुवानीमा खर्च हुने रकम उत्पादनका अरु क्षेत्रमा लगानी गर्न सकिने धारणा राखे। सङ्घ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र बाँडेर काम गर्नुपर्नेमा जोड दिएका उनले योजनामा हुने दोहोरोपन हटाउन सके विकास निर्माण कार्यलाई प्रभावकारी बनाउनमा सहयोग पुग्ने बताए।
तीनै तहका सरकारबीचको समन्वय अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारसँगको समन्वयका लागि विद्युत् प्राधिकरणलाई निर्देशन दिन पनि उनले आग्रह गरे। नदी नियन्त्रण, सुधारिएको चुलो, घरेलु सौर्य ऊर्जा प्रणालीको जडानलगायतका कार्यक्रममा सहयोग गर्न मुख्यमन्त्री शाहीले ऊर्जामन्त्री पुनलाई आग्रह गरेका। रासस
" /> सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भरता र उज्यालो आवश्यक भएको बताएका छन्।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसँग गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले कर्णालीको आवश्यकता पूरा गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराए।

">