बागमती प्रदेशमा बजेट अधिवेशनको तयारी <p>काठमाडाैं। बागमती प्रदेशको प्रदेश सभाको छैटौँ तथा बजेट अधिवेशनको तयारी भइरहेको छ।</p> <p>प्रदेश सभाका सचिव कृष्णहरि खड्काले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै बजेट अधिवेशन गर्दा प्रदेश सदस्यबीच सामाजिक दूरी कायम हुने गरी बैठक कक्षभित्र टेबल कुर्सी र माइकको व्यवस्था भइरहेको बताएका छन्।</p> <p>सचिव खड्काले अधिवेशन अवधिभर प्रदेशस भा सदस्यलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानिटाइजर प्रयोग गराई मास्क, पञ्जा लगाउन दिने र थर्मल गनबाट तापक्रम नाप्ने व्यवस्था गरिने बताए।</p> <p>उनले सम्भवतः आगामी जेठ महीनाको पहिलो हप्ता शुरू हुने अधिवेशनलाई ध्यान दिई व्यवस्थापनको काम भइरहेको र यही वैशाख महीनाभित्र तयारी पूरा हुने जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्