वस्ती पसेको चितुवालाई गाउँलेले मारे
काठमाडौं। चन्द्रागिरि नगरपालिका–६ मा गाउँलेले चितुवा मारेका छन्।

आज बिहान वस्तीमै आएर चितुवाले मानिसहरूलाई आक्रमण गर्न थालेपछि गाउँलेले सो चितुवालाई मारेका हुन्।

चितुवाको आक्रमणबाट तीनजना घाइते भएको इलाका वन कार्यालय थानकोटका सहायक वन अधिकृत हरि खरेलले जानकारी दिए।

“चितुवाले आक्रमण गर्न थालेपछि गाउँलेले प्रतिरक्षा गर्ने क्रममा मरेको हो”, उनले भने, “त्यस विषयमा अहिले छलफल चलिरहेको छ।”

प्रतिक्रिया दिनुहोस्