विस्फोटक पदार्थ पड्किँदा कञ्‍चनपुरमा बालक घाइते <p>कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिकामा आज बिहान विस्फोटक पदार्थ पड्किँदा ९ वर्षीय महेन्द्र नेपाली घाइते भएका छन्।</p> <p>महाकाली नगरपालिका&ndash;६, शान्ति टोलको पटेराघारीमा भेटिएको शंकास्पद वस्तु खेलाउने क्रममा पड्किँदा बालक घाइते भएकाे कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी रविन्द्र पाैडेलले जानकारी दिए।</p> <p>उनका अनुसार दुवै हातमा चोट लागेका बालकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।</p> <p>घटनाबारे अनुसन्धान भइरहेको उनकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्