पहिरोमा मोटरसाइकल पुरिँदा एकजनाको मृत्यु <p>हेटौंडा। गएराति मोटरसाइकललाई पहिरोले पुर्दा एकजनाको मृत्यु भएको छ।</p> <p>कोगटेखोला नजिकै आइपुग्दा बा. ४४ प ६०८५ नम्बरको मोटरसाइकललाई पहिरोले पुर्दा चालक भीमफेदी गाउँपालिका-८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।</p> <p>मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्