मौसममा केही सुधार, दिउँसोपश्‍चात केही ठाउँमा पानी पर्ने सम्भावना <p>काठमाडौं। केही दिनयता पानी परिरहे पनि आज भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p> <p>अहिले देशको पश्&zwj;चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ।</p> <p>बिहान र दिउँसो सामान्य बदली रहेपनि पूर्वी र मध्य तराईका एक/दुई स्थानमा आज पनि पानी पर्नसक्ने छ। &nbsp;</p> <p>आगामी २४ घण्टाभित्र केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले सतर्कता भने अपनाउन अनुरोध गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्