काठमाडौं। पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायोगका एक जना वरिष्ठ भारतीय कुटनीतिज्ञलाई बोलाएर लाइन अफ कन्ट्रोलमा भारतीय सुरक्षाकर्मीले फायरिङ गरेको घटनामा विरोध जनाएको छ।
२२ वैशाखमा बक्सार क्षेत्रमा भएको फायरिङमा परी ६ जना गैरसैनिक नागरिक गम्भीर घाइते भएका थिए। पाकिस्तानले लाइन अफ कन्ट्रोल आसपास खटिएका भारतीय सुरक्षाकर्मीले गैरसैनिकलाई निसाना बनाउँदै फायरिङ गर्ने गरेको आरोप लगाएको छ। गएको जनवरी यतामात्र भारतीय सुरक्षाफौजले समझदारी उल्लंघन गर्दै ९५७ पटक त्यस्तो फायरिङ गरेको पाकिस्तानले बताएको छ।
भारतलाई सन् २००३ मा गरिएको त्यस्तो समझदारलाई सम्मान गर्दै फायरिङ रोक्न, अहिलेका घटनाको अनुसन्धान गर्न र भविष्यमा यस्तो हुन नदिने ज्ञारेण्टी गर्न पाकिस्तानले भनेको छ। साथै पाकिस्तानले संयुक्त राष्ट्रसंघको सैन्य पर्यवक्षक समूहलाई त्यहाँ जान दिन पनि भारतसमक्ष आग्रह गरेको छ।
" /> काठमाडौं। पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायोगका एक जना वरिष्ठ भारतीय कुटनीतिज्ञलाई बोलाएर लाइन अफ कन्ट्रोलमा भारतीय सुरक्षाकर्मीले फायरिङ गरेको घटनामा विरोध जनाएको छ।२२ वैशाखमा बक्सार क्षेत्रमा भएको फायरिङमा परी ६ जना गैरसैनिक नागरिक गम्भीर घाइते भएका थिए। पाकिस्तानले लाइन अफ कन्ट्रोल आसपास खटिएका भारतीय सुरक्षाकर्मीले गैरसैनिकलाई निसाना बनाउँदै फायरिङ गर्ने गरेको आरोप लगाएको छ। गएको जनवरी यतामात्र भारतीय सुरक्षाफौजले समझदारी उल्लंघन गर्दै ९५७ पटक त्यस्तो फायरिङ गरेको पाकिस्तानले बताएको छ।

">