फुटबलमा ४५ मिनेटभन्दा कम समयको एक हाफ बनाउन टेलरकाे सुझाव

काठमाडौं। प्रोफेसनल फुटबलर एशाेसिएसनका कार्यकारी प्रमुख गोर्डोन टेलरले फुटबलको सिजन पुनः शुरू गर्दा ४५ मिनेट भन्दा कम समयको एक हाफ खेलाउन सुझाव दिएका छन्।

‘‘उनीहरू मुर्ख छैनन्’’, टेलरले बीबीसी रेडियोसँगको कुराकानीमा भने, ‘‘त्यो सुरक्षित छ भनेर उनीहरू सन्तुष्ट हुनुपर्छ।’’

प्रिमियर लिगले भने यस विकल्पमा कुनै छलफल नभएको बताएको छ।

फुटबल लिगका प्रमुख रिक प्यारीले भने, ‘‘यहाँ त्यस विषयमा कुनै छलफल भएको छैन। डिजिटल, कल्चर, मेडिया र स्पोर्टस् विभगमा कुरा भएको हुन सक्छ। कुनै पनि उपयुक्त सुझावलाई नकार्न सकिँदैन।’’

प्रिमियर लिग ८ जुनबाट शुरू हुने आशा गरिएको छ। प्यारीले भने अहिलेको अवस्थामा ३१ जुलाईभित्र लिगको सिजन सक्नुपर्नेमा जोड दिएका छन्।

खेलाडीले छोटो समयमा धेरै खेल खेल्नु पर्ने भएका कारण प्यारीले यस्तो सुझाव दिएको बताइएको छ।

प्यारीले भने, ‘‘हामीलाई भविष्यमा के हुन्छ भन्ने थाहा छैन। सम्भावित सुझावहरू के-के आएको छ भन्ने पनि थाहा छैन। तर, धेरै खेलाडी परिवर्तन गर्न पाउने, तटस्थ मैदान, एक हाफ ४५ मिनेट भन्दा कम समयको गर्ने सम्भावना हुन सक्छ।’’

प्रतिक्रिया दिनुहोस्