विश्वका कम्युनिष्ट पार्टीहरूको बैठक टर्कीमा
टर्की। विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको २१ औं बैठक टर्कीको इज्मिरमा जारी छ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषताहरूलाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार गर्न सकिनेमा जोड दिएको छ।

नेकपाका तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा स्थापित भएको स्मरण गराए।

बैठकमा ६० देशका ७५ कम्युनिष्ट पार्टीहरूको सहभागिता छ।  बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रूपमा गरेका हुन्।

विश्वका सबै खालका कम्युनिष्ट पार्टीहरूको साझा मञ्चका रूपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी)नामक उक्त मञ्च सन् १९९८ बाट हरेक वर्ष आयोजना हुँदै आएको छ।

सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मुल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौं वार्षिकोत्सवः शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ।

बैठक तीन दिनसम्म चल्नेछ।

बैठकको शुरुवात आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए।

कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिँदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीहरूलाई नेपालका तर्फबाट आह्वान गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्