नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य अनिल शर्मा पक्राउ

काठमाडौं। प्रहरीले नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य अनिल शर्मालाई पक्राउ गरेको छ।

गृह मन्त्रालयको स्रोतका अनुसार उनलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो।

चितवन मेडिकल कलेजमा उपचार गर्न आएको विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए।

अहिले शर्मा सुरक्षाकर्मीको नियन्त्रणमा मेडिकल कलेजमा नै उपचाररत रहेको खुलेको छ।

ती उच्च अधिकृतले उपचारपछि प्रहरीले उनलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान गर्ने बताए। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहका कार्यकर्ता विभिन्‍न समयमा पक्राउ पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्