एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

कैलाली । पूर्वपश्‍चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते ऎरको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका निरीक्षक सूर्यबहादुर खडकाले जानकारी दिए ।

उनका अनुसार गौरिगंगा नगरपालिका ९ शंकरपुरमा पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से१च १८२८ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक घोडाघोडा १० का भरत बोहरा सामान्य घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

धनगढीबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको उक्त एम्बुलेन्स र चालक धनगढी उपमहानगरपालिका १० का आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्