कोलसोन ह्वाइटहेडले दोस्रोपटक जिते पुलित्जर

वासिङ्टन। अमेरिकी लेखक कोलसन ह्वाइटहेड फिक्सनका लागि दुईपटक पुलित्जर पुरस्कार जित्‍ने चौथो लेखक बनेका छन्।

अफ्रिकी अमेरिकी लेखकलाई द निकेल ब्वाइजका लागि सम्मानित गरिएको थियो। जसले फ्लोरिडाको एक सुधार स्कुलको वास्तविक कहानीमा आधारित छ। जसले एक सय एघार वर्ष सञ्‍चालित भयो, जसले हजारौं बच्चाको जीवन खराब बनाइदियो।

५० वर्षीय ह्वाइटहेडले सन् २०१७ मा आफ्नो पुस्तक अन्डरग्राउन्ड रेलरोडको लागि त्यही पुरस्कार पाएको थियो।

उनीभन्दा पहिले बुथ टार्किङ्टन, विलियम फाल्कनर र जोन अपडेकेले दुईपटक फिक्सनका लागि पुलित्जर पुरस्कार पाएका थिए।

कोभिड-१९ का कारण सन् २०२० को पुरस्कारहरू केही साताका लागि स्थगित भएको थियो। यस वर्षका पुलित्जर पुरस्कारलाई पुलित्जर प्रशासक डाना केनेडीको लिभिङ रुमबाट घोषणा गरिएको थियो।

उनका अनुसार पहिलो पुलित्जर सन् १९१७ मा प्रदान गरिएको थियो, त्यतिबेला पनि स्पेनिस फ्लुको प्रकोप थियो। ती अमेरिकामा आधारित पत्रकार र लेखकका लागि उच्च सम्मान हुन्।

ह्वाइटहेडले पहिले भनेका थिए कि नवी हरर राइटर स्टेफन किङको ब्ल्याक भर्सन बन्‍न चाहन्छन्।

उनको निकेल ब्वाइज फ्लोरिडाको डोजियर स्कुले छात्रहरूको वास्तविक जीवनमा आधारित डरलाग्दो कहानीबाट प्रेरित थियो, जहाँ अपराधहरूमा दोषी ठहरिएका बच्चाहरूलाई हिंस्रक व्यवहार गरिएको थियो।

पत्रकारिता सम्मानतर्फ न्युयोर्क टाइम्स पत्रिकाले तीन पुरस्कार जितेको छ, जसले गर्दा उनी प्रकाशनको सूचीमा सबैभन्दा माथि छन्। यसमा ब्रायन रोसेथलले न्युयोर्क सिटीको ट्याक्सी उद्योगको पर्दाफासको खोजी रिपोर्टिङ सामिल छ। जसमा शिकारीहरूले कमजोर ड्राइभरहरूलाई शोषण गरेको देखाइएको छ।

अलास्का शहरमा प्रहरीबारे गरिएको कभरेजका लागि प्रोपब्लिकासँग मिलेर एंकोरेज डेली न्युजले सार्वजनिक सेवा पत्रकारिता पुरस्कार जित्यो। गत वर्ष हङकङमा भएको प्रदर्शनमा खिचिएका तस्वीरले ब्रेकिङ न्युज फोटोग्राफीका लागि रोयटर्स समाचार एजेन्सीका कर्मचारीलाई सम्मानित गर्यो।

आफ्नो इतिहासमा पहिलोपटक पुलित्जर समितिले अडियो रिपोर्टिङका लागि पुरस्कार दियो। र, अमेरिकन लाइफका स्टाफलाई एपिसोड द आउड क्राउडका लागि पुरस्कृत गरियो।

अफ्रिकी अमेरिकी नागरिक अधिकार कार्यकर्ता एवम् खोज पत्रकार एडा बी वेल्सलाई मरणोपरान्त स्पेशल साइटेसन प्रदान गरियो।

पुरस्कार पाउनेहरू

पत्रकारितातर्फ

सार्वजनिक सेवा पत्रकारिता : द एङ्करेज डेली न्युज, प्रोपब्लिकाको सहयोगसाथ

ब्रेकिङ न्युज रिपोर्टिङ : लुइसभिल्ले कुरियर जर्नलको स्टाफ

खोज पत्रकारिता : ब्रायन एम रोजेन्थल, द न्यू योर्क टाइम्स

विश्लेषणात्मक रिपोर्टिङ : द वासिङ्टन पोस्टको स्टाफ

लोकल रिपोर्टिङ : द बाल्टिमोर सनको स्टाफलाई

राष्ट्रिय पत्रकारिता : द क्रिस्टियन मिलर, मेगन रोज र रोबर्ट फ्याचुरेची, प्रोपब्लिका र डोमिनिक गेस्ट्स, स्टिभ मिलेटिच, माइक बाकर र लुइस क्याम्ब, द सिटल टाइम्स

अन्तर्राष्ट्रिय रिपोर्टिङ : न्युयोर्क टाइम्सका स्टाफहरूलाई

फिचर राइटिङ बेन टब, द न्युयोर्कर

कमेन्ट्री : निकोल हनाह जोन्स, द न्यूयोर्क टाइम्स

क्रिटिसिजम : क्रिस्टोफर नाइट, लस एन्जलस टाइम्स

सम्पादकीय लेखन : जेफरी जिरिट, प्यालेस्टाइन हेराल्ड पे्रस

सम्पादकीय कार्टुनिङ: बेरी ब्लिट, द न्यूयोर्कर

ब्रेकिङ न्युज फोटोग्राफी : रेउटर्सका फोटोग्राफी स्टाफ

फिचर फोटोग्राफी : चन्‍नी आनन्द, मुख्तर खान र दार एसिन, द एसोसिएटेड प्रेस

अडियो रिपोर्टिङ : द अमेरिकन लाइफ

पत्र, नाटक र संगीततर्फ

नाटक : माइक आर ज्याकसनको अ स्टे«न्ज लुप

इतिहास : डब्लु क्यालेब म्याक ड्यानियलको स्विट टेस्ट अफ लिबर्टी

जीवनी : बेन्जामिन मोजरको सोनटाग

कविता : जेरिचो ब्राउनको द ट्रेडिसन

गैरआख्यान : ग्रेग ग्रान्डिनको द अनडाइङ

संगीत : एन्थोनी ड्याभिसको द सेन्ट्रल पार्क फाइभ

आख्यान : कोलसोन ह्वाइटहेडको द निकेल ब्वाइज

विशेष सम्मान

इडा बि वेल्स

प्रतिक्रिया दिनुहोस्