अझै तीन दिन पानी पर्ने, पश्‍चिमका नदी तथा खोलामा बाढी आउन सक्ने <p>काठमाडौं। अझै तीन दिन पानी पर्ने सम्भावना रहेकोले नदी तथा खोलामा बाढी आउन सक्ने नेपाल बाढी सूचनाले जनाएको छ।</p> <p>महाकाली, कर्णाली, पश्&zwj;चिम राप्ती, बबई र यसका सहायक नदीमा आगामी तीन दिनसम्मै पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।</p> <p>मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशको पश्&zwj;चिमी भू-भागका केही स्थानहरूमा पानी परिरहेको छ। बाँकी ठाउँमा पनि मौसम सामान्य बदली रहेको छ।</p> <p>आज पश्&zwj;चिमी क्षेत्रका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्