दक्षिण भारतीय सिनेमामा डेब्यु गर्दै सलमान खान

मुम्बई। बलिउड सुपरस्टार सलमान खानले दक्षिण भारतीय सिनेमामा डेब्यु गर्ने भएका छन्।

उनले अभिनेता चिरञ्‍जीवीको फिल्म ‘आचार्य’मार्फत दक्षिणको सिनेमा उद्योगमा डेब्यु गर्न लागेका हुन्।

यो फिल्म मलायलम फिल्म ‘लुसिफर’को रिमेक हो, जसमा अभिनेता मोहनलालको मुख्य भूमिका थियो।

फिल्म आचार्यमा अनुबन्ध र बाहिरिने विवाद पनि चल्दै आएको छ। तर, सलमान खानको अभिनय रहने निश्‍चित भएपछि छिट्टै प्रोजेक्ट अगाडि बढ्ने भएको छ। र, यसले भारतभर चर्चा बटुलेको छ।

फिल्ममा मुख्य भूमिकाका लागि सलमानबाहेक अरू कुनै अभिनेतासँग निर्माण पक्षले सम्पर्क गरेको छैन।

सलमानले पहिलोपटक दक्षिण भारतीय सिनेमामा अभिनय गर्न लागेका हुन्। यसमा उनको भूमिका पृथ्वीराजको हुनेछ। सलमान र चिरञ्‍जीवी अति मिल्ने मित्र हुन्।

प्रतिक्रिया दिनुहोस्