बाढीले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी बन्द
बागलुङ। बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको पाइप बाढीले बगाएको छ।

बागलुङ नगरपालिका-३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएको हो।

श्रीनगरटोल र वडा नम्बर ४ को उपल्लाचौरमा खानेपानी आपूर्ति बन्द भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।

यहाँका झण्डै एक हजार ५०० घर प्रत्यक्ष प्रभावित भएका छन्।

हिजोदेखि मर्मत थालेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। रासस

प्रतिक्रिया दिनुहोस्