१५ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
<p>वीरगञ्‍ज। लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्।</p>
<p>बहदुरमाई गाउँपालिका-६ बस्ने ३५ वर्षीय शिवप्रसाद महतोलाई पर्सा प्रहरीले घरमा लुकेर बसेको अवस्थामा फेला पारेको हो।</p>
<p>महतोलाई २४ माघ २०६७ मा पर्सा जिल्ला अदालतले गाँजा र अफिम मुद्दामा १५ वर्ष कैद र पाँच लाख दुई हजार ५०० जरिवाना सुनाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
